दिलीप घोषले वीर बाल दिवसमा दुई बहादुर बालकलाई दिए श्रद्धाञ्जलि
दिलीप घोषले वीर बाल दिवसमा दुई बहादुर बालकलाई दिए श्रद्धाञ्जलि


कोलकाता, 26 दिसम्बर (हि.स.)। पश्चिम बंगालका पूर्व भाजपा अध्यक्ष एवं वर्तमान केन्द्रिय भाजपा नेता दिलीप घोषले वीर बाल दिवसमा दुई वीर बालकहरूलाई श्रद्धाञ्जलि दिए।

दिलीप बाबूले बिहिवार आफ्नो एक्स ह्याण्डलमा लेखे, यस दिन मुगलहरूले दशौं सिख गुरू गोविन्द सिंहका पाँच अनि आठ वर्षीय पुत्रद्वय क्रमैले जोरावर सिंह र फतेह सिंहको बलजफ्ती धर्म परिवर्तन गराउने प्रयास गरेका थिए। उनीहरूले यसको विरोध गर्दै आफ्नो प्राणको आहुती दिए। औरंगजेबले यी दुई वीर बालकहरूलाई जिउँदै दफन गरेका थिए। वीर बाल दिवसमा उनीहरूको असीम साहसलाई नमन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande