महिला सम्मान योजनालाई लिएर भाजपा महिला मोर्चाको केजरीवाल आवास सामु प्रदर्शन
महिला सम्मान योजनालाई लिएर भाजपा महिला मोर्चाको केजरीवाल आवास सामु प्रदर्शन


नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। दिल्ली भारतीय ज नता पार्टी (भाजपा) महिला मोर्चाका पदाधिकारीहरूले बिहीवार आम आदमी पार्टी (आआप)-को महिला सम्मान योजनालाई लिएर आआपका राष्ट्रिय संयोजक अरविन्द केजरीवालको फिरोजशाह रोडस्थित आवास बाहिर विरोध प्रदर्शन गऱ्यो।

पुलिस अनुसार फिरोजशाह रोडमा अवस्थित केजरीवालको आवास तर्फ बड़िरहेका प्रदर्शनकारीहरूलाई पुलिसले ब्यारिकेड लगाएर रोक्ने प्रयास गऱ्यो, तर उनीहरू नमानेपछि 30 जना महिलाहरूलाई हिरासतमा लिइयो। यस विरोध प्रदर्शनमा महिला मोर्चाकी प्रदेस अध्यक्ष ऋचा मिश्रा पाण्डे, महिला मोर्चाकी पूर्व प्रदेश अध्यक्ष योगिता सिंहको नेतृत्वमा सयकड़ौं संख्यामा महिलाहरूले हातमा पोस्टर लिएर विरोध प्रदर्शन गरे।

दिल्ली महिला प्रदेश अध्यक्ष ऋचा मिश्रा पाण्डेले भनिन्, मतदाताहरूको ध्यान आकर्षण गर्नका लागि अरविन्द केजरीवालले एक जाली योजना चलाइरहेका छन्। त्यसमा भनिएको छ, दिल्लीका महिलाहरूलाई 2100 रुपियाँ दिइनेछ। उनले अरविन्द केजरीवालको आलोचना गर्दै भनिन्, यी त्यहीँ अरविन्द केजरीवाल हुन् जसले विधानसभा चुनाउपूर्व पञ्जाबमा एक हजार रुपियाँ दिने वाचा गरेकाथिए, तर आजसम्म त्यहाँका महिलाहरूलाई केही पनि दिइएको छैन। त्यसैले आज हामी केजरीवालसित प्रश्न गरिरहेका छौं। उनले झूटो बोलेका छन्। जाली शैलीमा महिलाहरूको भोट हत्याउने प्रयास गरिरहेका छन्। हामी यसमाथि लीगक एक्शन पनि लिनेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande