कोलकाता, 26 दिसम्बर (हि. स.)। न्यायको मागलाई लिएर ‘वेस्ट बंगाल ज्वोइन्ट प्लेटफर्म अफ डाक्टर्स’ औ ‘अभया मञ्च’ -ले धर्मतलामा धरना-प्रदर्शन जारी राख्ने अनुमतिको लागि हाई कोर्टको ढोका ढक्ढकाएको छ। यी संगठनहरूले गए बुधवार कोलकाता पुलिस आयुक्तलाई यस बारेमा सूचित गरेका थिए, तर पुलिसले यसलाई अस्वीकार गरिदियो। पुलिसले स्पष्ट पाऱ्यो, हाई कोर्टको आदेश अनुसार बिहीवारसम्ममा धरनालाई समाप्त गरेर डोरिना क्रसिंगलाई खाली गर्नुछ।
अभया मञ्चका प्रतिनिधि उत्पल ब्यनर्जीले बिहीवार बताए, धरना जारी राख्नको लागि उनीहरूले हाई कोर्टमा याचिका दर्ता गरेका छन् जसमाथि चाँड़ै सुनवाई हुने सम्भावना छ। उत्पलले भने, सीबीआई र राज्य प्रशासनद्वारा न्यायको दिशामा कुनै ठोस कदम उठाइएको छैन। त्यसैले हामीलाई यो प्रदर्शन जारी राख्न आवश्यक लागिरहेको छ।
डोरिना क्रसिंगको नाम परिवर्तन गर्ने माग-‘वेस्ट बंगाल डाक्टर्स फोरम’- ले मुख्यमन्त्रीलाई पत्र लेखेर डोरिना क्रसिंगको नाम परिवर्तन गरी ‘अभया क्रसिंग’ बनाउने प्रस्ताव राखेको छ। फोरमका अध्यक्ष कौशिक चाकीले भने, अभया एक प्रतिकात्मक नाम हो। यो आरजी कर अस्पतालकी ती छात्राको स्मृतिलाई कायम राख्नको लागि तथा न्याय अनि सुरक्षाको लागि गरिएको संघर्षलाई सम्मान दिनका लागि प्रस्तावित गरिएको छ।
डाक्टरहरूको यस आन्दोलनमा न्यायको मागसँगसँगै दोषीहरूविरूद्ध त्वरित कारबाही गर्ने माग गरिँदैछ। आन्दोलनकारीहरूको भनाइ छ, जबसम्म उनीहरूको माग पूरा हुँदैन तबसम्म उनीहरूको धरना प्रदर्शन जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा