-झाँसीमा छापा मारेर ललितपुर पुलिसले समात्यो आठजना आरोपी युवतीहरूलाई
ललितपुर/झाँसी, 26 दिसम्बर (हि.स.)। अधिक उमेरका अविवाहित मानिसहरूलाई विवाहको सपना देखाएर ठगी गर्ने आठजना युवतीहरूलाई एक सिकायतको आधारमा लिलतपुर पुलिसले झाँसीबाट पक्रआउ गरेको छ। यी युवतीहरूले इन्टनेटबाट सुन्दर युवतीको एल्बम बनाएर राखेका थिए। यी युवतीहरू को हुन् र कहाँका हुन् भन्ने कुरा यिनीहरूलाई थाहा थिएन। ग्यांगद्वारा यी तस्वीरहरूलाई विवाहको निम्ति युवकहरूलाई पठाइन्थ्यो।
रजिस्ट्रेशन अनि अन्य प्रकारका शुल्कहरू असुल गरेपछि भेद खोलिनअघि नै नम्बर ब्लक गरिदिन्थे। एकजना पीड़ित वकिल मनोज कुमार गौतम ललितपुर पुलिस समक्ष पुगेपछि पुलिसले मामिला दर्ता गरी झँसीमा छापा मारेर आठजना युवतीहरूलाई पक्राउ गऱ्यो। यीमध्ये छःजना झाँसीको र दुईजना ललितपुरका निवासी छन्।
पुलिसले पक्रा पर्ने युवतीहरूबाट युवतीहरूको तस्वीरको एल्बम सहित 18 रजिस्टर जफ्त गरेको छ। यी रजिस्टरमा सबै हिसाब राखिन्थ्यो। पुलिसलाई लगभग 300 मानिसहरूलाई ठगीको शिकार बनाएको प्रमाण प्राप्त भएको छ। यस अतिरिक्त 20 वटा मोबाइल फोन जफ्त गरेको छ जसमा 11 वटा कीपेड भएको जसलाई कस्टमरसित बातचित गर्नको लागि मात्र राखिएको थियो भने नौवटा मोबाइल उनीहरूको पर्सनल यूजको लागि थिय़ो, तर यसलाई पनि युवतीहरूले ठग्नको लागि प्रयोग गर्दै आइरहेका थिए। खातामा एकलाख रुपियाँ सीज पनि गराइएको छ। अब पुलिसले जाँच गरिरहेको छ कि कुन-कुन खाताहरूबाट रुपियाँ स्थानान्तरण गरिएको छ। यस छापामारीमा युवतीहरूबाट 30भन्दा अधिक सिमकार्ड जफ्त गरिएको छ।
ललितपुर एसपी मोहम्मद मुश्ताकले बताए, ग्यांगका मास्टरमाइण्ड ललितपुरका आरती शाक्यावार अनि विभा यादव हुन्। आरतीले अटल सेवा संस्था नामक एक नक्कली संस्था बनाएकी छन् जसले विवाह गराएको दाबी गर्दछ।यसको लागि झाँसीको बीकेडी चौरस्तामा कार्यालय पनि खोलिएको थियो। आरोपीले समाज साथी एपबाट वर-बधुको डेटा चोरेर उनीहरूलाई फोन गर्ने गर्दथी। यिनीहरूको टार्गेट अधिक उमेरका मानिसहरू नै हुन्थे।
रुचि लिने युवकहरूलाई युवतीहरूको नक्कली फोटो पठाइन्थ्यो। फोटो देखर विवाह गर्न तयार भएपछि युवकहरूबाट रजिस्ट्रेशन लगायत अन्य शुल्कहरू असुल गरिन्थ्यो, त्यसपछि ब्लक गरिन्थ्यो। यसको लागि आरोपीद्वय आरती र विभागले कार्यालयमा छःजना युवतीहरूलाई वेतनमा राखेका थिए।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा