तेन्जिङ दोर्जी डेञ्जोङ्गपा बने गेजिङ जिल्लाका नयॉं जिल्लापाल 
तेन्जिङ दोर्जी डेञ्जोङ्गपा बने गेजिङ जिल्लाका नयॉं जिल्लापाल


गेजिङ, 26 दिसम्बर (हि.स.)। गेजिङ जिल्लाकी निवर्तमान जिल्लापाल हिस्से डी. योङ्गदाले आज आधिकारिक रूपमा जिल्लापालको जिम्मेवारी नवनियुक्त जिल्लापाल तेन्जिङ दोर्जी डेञ्जोङ्गपालाई हस्तान्तरण गरिन्। जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सो कार्य सम्पन्न गरियो।

निवर्तमान जिल्लापाल योङ्गदाले नवनियुक्त जिल्लापाल डेञ्जोङ्गपालाई नयॉं जिम्मेवारीको निम्ति शुभकामना दिइन्। उनले डेञ्जोङ्गपाको नेतृत्वमा जिल्लाको विकास भएर जाने विश्वास व्यक्त गरिन्।

उल्लेख्य, हिस्से डी. योङ्गदा हालैमा राज्य चुनाउ आयोगको सचिव पदमा नियुक्त भएकी छन्। जिल्लापालको रूपमा उनले आम चुनाउ र पञ्चायत चुनाउ दुवै सञ्चालन गरिन् र यसो गर्ने राज्यकी पहिलो महिला जिल्लापाल बनिन्। यसैगरी, उनी नवगठित सोरेङ जिल्लामा आम चुनाउ आयोजन गर्ने प्रथम जिल्लापाल बनेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande