नेतरहाट स्कूलका प्रशासनिक अधिकारी 50 हजार रुपियाँ घूस लिरहेको अवस्थामा समातिए 
नेतरहाट स्कूलका प्रशासनिक अधिकारी 50 हजार रुपियाँ घूस लिरहेको अवस्थामा समातिए 


लातेहार, 26 दिसम्बर (हि.स.)। नेतरहाट आवासीय विद्यालयका प्रशासनिक पदाधिकारी रौशन कुमार बक्सीलाई पलामु एसीबीको टीमले 50 हजार रुपियाँ घूस लिरहेको अवस्थामै पक्राउ गरेको छ। आरोपीको माध्यमबाट विद्यालयमा दूध आपूर्ति गर्ने विक्रेताबाट बिल भुक्तानको सट्टामा घूस लिँदै आएको थियो। पलामु एसीबीका एसपी अञ्जनी अञ्जनले यसको पुष्टि गरेका छन्।

प्राप्त जानकारी अनुसार सूचकले पलामु एसीबीको टीमलाई सूचना दिएको थियो, नेतरहाट आवासीय विद्यालयका प्रशासनिक अधिकारीको माध्यमबाट दूधको पैसा भुक्तान गर्नको लागि घूस मागिँदैछ। सूचनामा एसीबीको टीमले एसपी अञ्जनी अञ्जनको निर्देशमा मामिलाको आफ्नो स्तरमा जाँच गऱ्यो। जाँचमा आरोपीको माध्यमबाट घूस मागिरहेको पुष्टि भएपछि एसीबीको टीमले उसलाई ठाउँबाटै पक्राु गर्ने योजना बनायो।

बिहिवार पुलिसले सूचकलाई पैसा दिएर प्रशासनिक पदाधिकारी समक्ष पठायो। आरोपीले सूचकलाई आफ्नो घरमा बोलायो अनि उबाट घूसको पैसा लिन थाल्यो। यसै अवधि टीमले त्यहाँ पुगेर घूस लिरहेको आरोपीलाई पक्राउ गऱ्यो। यस सम्बन्धमा पलामु एसीबी एसपी अञ्जनी अञ्जनले बताए, प्राप्त सिकायतको आधारमा यो कारबाही गरिएको

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande