मंगन, 26 दिसम्बर (हि.स.)। जिल्ला पञ्चायत सदस्यहरूको एक बैठक आज जिल्ला भवनको सम्मेलन हलमा जिल्ला अध्यक्ष कादो लेप्चाको अध्यक्षतामा बस्यो। बैठकमा जिल्ला उपाध्यक्ष सोनाम किपा भोटिया, डीपीओ जिल्ला कर्म थेन्डुप भोटिया, जिल्ला पञ्चायत सदस्यहरू र अन्यहरू उपस्थित थिए।
बैठक वित्तीय वर्ष 2024-25 को निम्ति 15औं केन्द्रिय वित्त आयोग र पॉंचौं राज्य वित्त आयोग अन्तर्गत मंगन जिल्लाका जीपीयूहरूको निम्ति कोष आवण्टन र स्वीकृतिमाथि केन्द्रित थियो।
जिल्ला अध्यक्ष लेप्चाले सामूहिक प्रयासमाथि जोड दिॅंदै उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गरे। उनले जन कल्याण र जिल्लाको समग्र विकासको निम्ति निर्वाचित जन प्रतिनिधिहरूको जिम्मेवारीमाथि प्रकाश पारेका थिए।
हिन्दुस्थान समाचार / बिशाल