पार्थ च्यटर्जी र कालीघाटका काकु सहित 54 जना मानिसहरूमाथि आरोप तय गर्ने प्रक्रिया शुरू, ईडीको ममिलाबाट राहत चाहन्छन् पूर्वमन्त्री
पार्थ च्यटर्जी र कालीघाटका काकु सहित 54 जना मानिसहरूमाथि आरोप तय गर्ने प्रक्रिया शुरू, ईडीको ममिलाबाट राहत चाहन्छन् पूर्वमन्त्री


कोलकाता, 26 दिसम्बर (हि.स.)। नियुक्ति घोटालासित सम्बन्धित प्रवर्तन निदेशालय (ईडी)- को मामिलामा पश्चिम बंगालका पूर्व मन्त्री पार्थ च्यटर्जी, 'कालीघाटका काकु'- को नामले प्रख्यात सुजयकृष्ण भद्र औ अन्य 54 जना आरोपीहरूविरूद्ध आरोप तय गर्ने प्रक्रिया शुरू भएको छ। बिहीवार कोलकाताको विशेष अदालतमा भएको सुनवाई अवधि पार्थ च्यटर्जीले ईडीको मामिलाबाट आफूलाई रिहा गरिदिने अपील गरे।

वास्तवमा सुप्रीम कोर्टले निर्देश दिएको छ, दिसम्बर महिनभित्रमा तल्लो अदालतमा आरोप तय गरियोस्। यसै क्रममा बिहीवार शीतकालीन अवकाश भए पनि कोलाताको विसेष अदालतले सुनवाई गऱ्यो। यस अवधि आरोप पत्रमा नामित सबै आरोपीहरूलाई अदालतमा पेश हुनुपऱ्यो।

ईडीले पेश गऱ्यो साक्ष्य-सुनवाईमा ईडीले अदालतमा दाबी गऱ्यो, सुजयकृष्ण भद्र उपनाम कालीघाटका काकु अनि पार्थ च्यटर्जीसँगसँगै अन्य आरोपीहरू जस्तै माणिक भट्टचार्य, शान्तनु ब्यनर्जी औ कुन्तल घोषबीच स्पष्ट सम्बन्ध छ। ईडीले यो पनि बतायो, कालीघाटका काकु र पार्थ च्यटर्जीबीच लेन-देन भएको पुख्ता प्रमाण भेटिएको छ।

दस्तावेजहरूलाई लिएर बाधा-यद्यपि आरोप तय गर्नपूर्व केही आरोपीहरूका वकिलहरूले अदालतमा यो सिकायत गरे, उनीहरूलाई मामिलासित सम्बन्धित दस्तावेजहरू उपलब्ध गराइएको छैन। यसमा अदालतले ईडीलाई हप्काउँदै आदेश दियो, सबै दस्तावेज बुधवार अपरान्हसम्ममा आरोपीहरूलाई सुम्पिइयोस्।

जमानत पाउने आशा-सुप्रीम कोर्टले शर्तहरूको आधारमा पार्थ च्यटर्जीलाई आगामी एक फरवरीसम्ममा जमानत दिने निर्देश दिएको छ। सुप्रीम कोर्टले भनेको छ, यसपूर्व तल्लो अदातलले आरोप तय गर्ने र महत्वपूर्ण गवाहहरूको बयान दर्ता गर्ने प्रक्रिया पूरा गरोस्। यदि यो प्रक्रिया समयमा पूरा भयो भने पार्थलाई आगामी एक फरवरीभन्दा अगावै जमानत प्राप्त हुनसक्छ।

.

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande