हुगली, 26 दिसम्बर (हि. स.)। हुगली जिल्लाको बालागढ़ थानान्तर्गत गुप्तिपाड़ाको बांधागाछी क्षेत्रबाट बेपत्ता भएका कपड़ा व्यवसायीको शव बिहीवार नदिया जिल्लाको शान्तिपुरस्थित तारापुर गंगा घाट नजिक जंगलमा झुण्डिरहेको अवस्थामा फेला पारियो। पुलिस सूत्र अनुसार मृत युवक समदर दास पेशाले व्यवसायी थिए। उनको फेब्रिक, वुडवर्क र एप्लिक डिजाइनको व्यवसाय पनि छ।
मृतकको परिवारिक सूत्र अनुसार गत 23 दिसम्बरको बिहान समर व्यापारको सिलसिलामा शान्तिपुर गएका थिए। तिनी घर नफर्किएपछि साथै फोनमा सम्पर्क हुन नसकेपछि परिवारले बालागढ़ थानामा बेपत्ता भएको रिपोर्ट दर्ता गरायो। अन्ततः बिहीवार शान्तिपुरमा समरको शव झुण्डिरहेको अवस्थामा भेटियो। परिवार अनुसार समरले गलामा सुनको चेन र हातमा औंठी लगाएका थिए जुन भेटिएको छैन। मोबाइल सिम कार्ड पनि भेटिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा