नयॉं दिल्ली, 03 दिसम्बर (हि.स.)। यूरोपीय अन्तरिक्ष एजेन्सीको प्रोबा-3 मिशन भोलि सॉंझ लगभग चार बजी श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट लञ्च गरिने छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आज बिहान एक्स पोस्टमा यसको घोषणा गरेको छ।
इसरोले भनेको छ, 'पीएसएलवी-सी 59/प्रोबा-3 मिशनको निम्ति हामीसॅंग लाइभ जोडिनुहोस्। एनएसआईएलको नेतृत्वमा र इसरोद्वारा निष्पादित यो मिशन ईएसएको प्रोबा-3 उपग्रहहरू एक अद्वितीय कक्षामा प्रक्षेपित गर्नेछ, जसले वैश्विक अन्तरिक्ष अन्वेषणमा भारतको बढ्दो योगदानलाई दर्साउॅंछ।
इसरोले भनेको छ, पीएसएलवी-सी59/प्रोबा-3 मिशन उपग्रहहरूको प्रक्षेपण 4 दिसम्बर सॉंझ 4:06 बजी आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट हुनेछ। यस मिशनमा ध्रुवीय उपग्रह प्रक्षेपण यान (पीएसएलवी)-सी59 ले लगभग 550 किलोग्राम वजनको उपग्रहहरूलाई उत्यधिक दीर्घवृत्ताकार कक्षमा लैजाने छ।
प्रोबा-3 मिशन यूरोपीय अन्तरिक्ष एजेन्सी (ईएसए) द्वारा एक 'इन-अर्बिट डेमोस्ट्रेशन (आईओडी) मिशन' हो। ईएसएले भनेको छ, 'प्रोबा-3' ले सूर्यको परिमण्डलको सबैभन्दा बाहिरी र सबैभन्दा तातो परतको अध्ययन गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी