दिनेश गवाड़े हत्याकाण्डमा महाराष्ट्रबाट थप दुई आरोपी पक्राउ
एन


नयाँ दिल्ली, 20 दिसम्बर (हि.स.)। राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले महाराष्ट्रको गडचिरौली दिनेश पुसु गवाड़ेको हत्यासित जोड़िएको मामिलामा थप दुई फरार आरोपीलाई पक्राउ गऱ्यो। दुवै प्रतिबन्धित आतङ्की संगठन भाकपा (माओवादी) सित जोड़िएका छन्।

एनएआई अनुसार, पक्रा परेका अभियुक्तहरूको पहिचान तेलंगानाको निजामाबाद जिल्ला निवासी रघु उर्फ प्रताप उर्फ इरपा उर्फ मुद्देला उर्फ सैलु र महाराष्ट्रको गडचिरोली जिल्ला निवासी शंकर महाकाको रूपमा गरिएको छ। नोभेम्बर 2023 मा दिनेश पुसु गावडेलाई सीपीआई (माओवादी) का सदस्यहरूले गडचिरोलीमा अपहरण गरी निर्ममतापूर्वक हत्या गरेका थिए। संगठनले गावडे पुलिसको खबरी र राष्ट्रिय स्वयंसेवक संघसँग सम्बन्धित भएको शंका गरेको थियो।

यो घटना स्थानीय गाउँलेहरूलाई धम्काउने र सुरक्षा बललाई नक्सलवादी गतिविधि र आन्दोलनहरूबारे जानकारी दिनबाट रोक्ने षड्यन्त्रको एक भागको रूपमा गरिएको थियो। एजेन्सीले अक्टोबर 2025 मा गडचिरोली पुलिसबाट अनुसन्धानको जिम्मा लिएको थियो। एनआईएले यसअघि यस मुद्दामा डोबा वड्डे, रवि पल्लो, सत्तु महाका र कोमाटी महाका विरुद्ध आरोपपत्र दायर गरेको थियो। एनआईएले अनुसन्धान जारी रहेको बताएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande