ढाका, 03 दिसम्बर (हि.स.)। त्रिपुराको अगरतालामा बांग्लादेशको सहायत उच्चायोगमाथि हमलालाई लिएर इस्लामिक मूभमेन्ट अफ् बांग्लादेशले तीखो प्रतिक्रिया व्यक्त गरेको छ। संगठनका अध्यक्ष एडभोकेट खैरुल अहसानले जारी गरेको एक बयानमा भारतमाथि बांग्लादेशलाई अस्थिर गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
उनले आरोप लगाउॅंदै भनेका छन्, 'भारतले बांग्लादेशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुका साथै आफ्नो देशमा कूटनीतिक शिष्टाचारलाई ताकमा राखेर बांग्लादेशको उच्चायोग र दूतावासमाथि हमला गराइरहेको छ।' खैरुल अहसानले भारत सरकारसॅंग यस हमलामा सामेल मानिसहरूलाई तत्काल पक्राउ गरेर कडा सजाय दिन माग गरेका छन्।
उनले बांग्लादेशको अन्तरिम सरकारसॅंग पनि भारतमा भइरहेको यस प्रकारका घटनाहरू संयुक्त राष्ट्रमा उठाउन अपील गरेका छन्। इस्लामिक मूभमेन्ट अफ् बांग्लादेशका अध्यक्षले भारत सरकारमाथि आफ्नो राजनीतिक उद्देश्यहरूलाई पूरा गर्नका लागि यस्तो कृत्य गरिरहेको गम्भीर आरोप लगाएका छन्। उनले यसलाई अन्तरराष्ट्रिय कूटनीतिक मर्यादहरूको उल्लंघन बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी