तमिलनाडूको इरोडबाट द्रमुक सांसद ए गणेशमूर्तिको निधन
तमिलनाडूको इरोडबाट द्रमुक सांसद ए गणेशमूर्तिको निधन


चेन्नई, 28 मार्च (हि.स.)। तमिलनाडूका प्रमुख राजनीतिक दल द्रविड़ मुनेत्र कड़गम (द्रमुक) का सांसद ए गणेशमूर्तिको हृदयगति रोकिएपछि निधन भयो। 77 वर्षीय गणेशमूर्तिले कोयम्बटूरको निजी अस्पतालमा बिहान 5.05 बजी अन्तिम सास लिए। कथित रूपमा आत्महत्याको प्रय़ासपछि 24 मार्चमा उनलाई अस्पतालमा भर्ती गराइएको थियो।

जानकारी अनुसार, उनले विष खाएका थिए। उनलाई पहिले इरोडको एक निजी अस्पताल लगियो र त्यहाँ प्राथमिक उपचार प्रदान गरी कोयम्बटूरको एक निजी अस्पतालमा स्थानान्तरित गरिएको थियो। उनको स्थिति तबदेखि गम्भीर बनेको थियो। उनी तीन पल्ट लोकसभाको निम्ति चुनिएका थिए। द्रमुकले भनेको छ, उनको पार्थिक शरीरलाई इरोडको पेरियार नगरस्थित उनको आवासमा लगिनेछ र त्यहाँ सार्वजनिक श्रद्धाञ्जलिको निम्ति राखिने।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande