लोकसभा चुनाउः दमदम सीटमा तृणमूल र भाजपामाझ सीधा भिड़न्त
लोकसभा चुनाउः दमदम सीटमा तृणमूल र भाजपामाझ सीधा भिड़न्त


कोलकाता, 29 मार्च (हि.स.)। लोकसभा चुनाउको घोषणापछि पश्चिम बंगालमा राजनीतिक दलहरूले आफ्नो शक्ति देखाउनु शुरू गरेका छन्। यहाँ ममता ब्यानर्जीले राज्यका सबै 42 लोकसभा सीटमा उम्मेदवारहरूको घोषणा गरेदेखि लड़ाई रोचक भएको छ। बंगालमा दमदम लोकसभा सीट हाई प्रोफाइल छ। कोलकाता नजिक भएकोले यसको लामो राजनीतिक इतिहास रहेको छ।

यस पाली यस सीटमा तृणमूल कांग्रेसले आफ्नो वर्तमान सांसद एवं वयोवृद्ध नेता सौगत रायमाथि नै विश्वास व्यक्त गरेको छ। सदनमा उनलाई नरेन्द्र मोदी सरकार विरूद्ध खुल्लेर बोल्नको निम्ति चिनिन्छ। यद्यपि, नारद स्टिङ अपरेशन मामिलामा घूस लिँदै गरेको उनको भीडियो भाइरल भएको थियो। एक कलेजका पूर्व प्रोफेसर भएपनि यस प्रकारको भ्रष्टाचारमा भीडियो भाइरल भएपछि उनको नैतिकताको प्रश्नको घेरामा आएको छ।

यस पाली उनी विरूद्ध भारतीय जनता पार्टीले शीलभद्र दत्तलाई मैदानमा उतारेको छ। यद्यपि, उनीपनि तृणमूलबाटै भाजपामा आएका थिए तर लामो समयदेखि भाजपामा छन् र यस पाली उनको सीधा भिड़न्त सौगत रायसित हुने सम्भावना छ। यहाँबाट इन्डी गठबन्धनको तर्फबाट वामदल वा कांग्रेसमध्ये कसले उम्मेदवार उतार्नेछ, अहिले यसबारे स्थिति स्पष्ट छैन।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande