पूर्वी चम्पारणमा हैवान पतिले पत्नी र तीन छोरीको गला काँटेर हत्या गऱ्यो
पूर्वी चम्पारणमा हैवान पतिले पत्नी र तीन छोरीको गला काँटेर हत्या गऱ्यो


पूर्वी चम्पारण, 29 मार्च (हि.स.)। बिहारको पूर्वी चम्पारण जिल्लामा हृदय विदारक घटना अघि आएको छ। जहाँ हैवान पतिले पत्नी समेत तीन छोरीको गला काँटेर हत्या गऱ्यो। घटना पहाड़पुर थाना क्षेत्रको बावरिया गाउँको बताइएको छ। जहाँ हिजो राति आरोपित इदु मियाले सुतिरहेकी पत्नी र तीन नानीको गला काँटेर हत्या गरेपछि घरबाट भाग्यो।

मृतकहरूमा इदुकी पत्नी अफरीना खातून (40), अबरून खातून (13), तबरून खातून(11) र शहजादी खातून(9) सामेल छन्। यी सबैको निर्ममतापूर्वक हत्या गरिएको छ। आरोपितले यिनीहरूको हत्या किन गऱ्यो, यसबारे जानकारी पाइएको छैन। मृतका आरोपितको दोस्रो पत्नी थिइन्। पहिलो पत्नीको मृत्यु भइसकेको छ। पहिलो पत्नीबाट दुई छोरा छन्, जो बाहिर काम गर्छन्। जबकि दोस्रो पत्नीबाट पाँच छोरी थिए। यसमा एकको बिहे भइसकेको छ।

गाउँलेहरू अनुसार, इदु साइको थियो। पाँच छोरीमध्ये एकलाई उसले पहिले नै कुदिरहेको ट्रेनबाट फ्याँकेर मारेको थियो। यस मामिलामा आऱोपित जेलपनि गइसकेको छ र केही महिनाअघि मात्र जेलबाट घर फर्केको थियो। मृतका पत्नीको माइता पश्चिम चम्पारण जिल्लाको जगदीशपुरको झखरा गाउँमा छ। घटनापछि अरेराज डीएसपी रन्जन कुमार र धेरै थानाका पुलिस एफएसएल टीम र श्वान टीमको साथ मामिलाको छानबीनमा जुटेको छ।

गाउँलेहरू अनुसार, बिहिवार अबेर राति कुनै कुरालाई लिएर इदु र उसकी पत्नीबाच विवाद भएको थियो। जसपछि उसले सुतिरहेकी पत्नी र तीन नानीको गला काँटेर हत्या गरेपछि घऱबाट भाग्यो। एकसाथ चार जनाको हत्याले पूरा क्षेत्रमा सनसनी फैलेको छ। पुलिसले चारै शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ। डीएसपी रन्जन कुमार अनुसार, मामिलाको जाँच गर्नका साथै आरोपित पतिलाई खोज्न छापामारी अभियान जारी छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande