आईटी नोटिसमा कांग्रेसमाथि भाजपाको हमला- देशको कानूनभन्दा कोही माथि छैन
आईटी नोटिसमा कांग्रेसमाथि भाजपाको हमला- देशको कानूनभन्दा कोही माथि छैन


नयाँ दिल्ली, 29 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले कांग्रेस पार्टीमाथि हमला गर्दै कोहीपनि देशको संविधान र कानूनभन्दा माथि छैन भनेको छ। भाजपा अनुसार, कांग्रेस पार्टीले आफूलाई देशको संविधान र कानूनभन्दा माथि ठान्दछ। पार्टी ट्याक्स डिफल्टर बन्नसक्छ, झूठो बोल्नसक्छ र फेरि विक्टिम कार्ड खेल्नसक्छ। तरैपनि देशको कानूनभन्दा कोहीपनि ठूलो छैन।

कांग्रेसले आईटी नोटिस पाउँदा भाजपाका राष्ट्रिय प्रवक्ता शहजाद पूनावालाले मीडियासित कुराकानीमा भऩे, आम जनलाई ट्याक्स दिनुपर्छ तर कांग्रेसले आफूलाई विशेष वीवीआईपी श्रेणीमा राख्दछ। जब उसको चोरी समाइयो तब उसले ट्याक्स दिन चाहन्थेन। जब उसले 2021 मा नोटिस पाएको थियो भने उसले त्यसलाई किन चुनौती दिनमा ढिलाई गऱ्यो भऩ्ने प्रश्न उठ्छ। अब जब उसले चुनौती दियो तब कुनै राहत पाइएन। कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको विरोध गर्दा-गर्दै अब देशका संस्थानहरूमाथि पनि हमला गर्नु शुरू गरेको छ। यसले कांग्रेसको हताशाको स्तरलाई दर्शाउँछ।

कांग्रेसमाथि हमला गर्दै पूनावालाले भने, कांग्रेसका सांसद धीरजू साहूको परिसरमा 350 करोड़ रूपियाँ पाइयो। उनका 50 सांसदसित सामूहिक रूपमा धरै पैसा छ होला। यो पैसाको कमी होइन, कांग्रेस पार्टीमा उम्मेदवारहरू र मनसायको कमी छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande