मणिपुरः ड्रग्स, हतियार, गोला-बारूद सहित पाँच पक्राउ
मणिपुरः ड्रग्स, हतियार, गोला-बारूद सहित पाँच पक्राउ


इम्फाल, 29 मार्च (हि.स.)। मणिपुरमा ड्रग्स, हतियार औ गोला बारूद सहित पाँचजना मानिसहरूलाई पक्राउ गरियो। मणिपुर पुलिसले आज बताए मुताविक सुरक्षा बलहरूले चंदेल जिल्लाको चकपिकरोंग थाना अन्तर्गत ''वाई''-जंक्शनबाट पाँचजना मानिसहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्नेहरूको पहिचान थांगखोलाल हाओकिप (44), मंगलेनथांग टौथांग (30), लेटखोगिन टौथांग (50), लम्मिनलुन हाओकिप (22) औ चुंगखोहौ खोंगसाई (38) -को रूपमा गरिएको छ।

पक्रा परेका मानिसहरूको कब्जाबाट संदिग्ध हेरोइनले भरिएका 220 साबुनदानी, म्यागजिनसितै एक 9 मिमी पेस्तोल, 31 जीवित गोला बारूद, दुई सिंगल ब्यारल 12-बोर गन, एक वकी टॉकी, चार दाव/खुकरी, दुई मोबाइल फोन, दुईवटा दुईचक्के वाहन र तीनवटा पहिचान पत्र जफत गरिएको छ। अग्रिम जाँचको लागि मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande