प्रधानमन्त्री मोदीले गुड फ्राइडेमा ईसा मसीहको बलिदानलाई याद गरे
प्रधानमन्त्री मोदीले गुड फ्राइडेमा ईसा मसीहको बलिदानलाई याद गरे


नयाँ दिल्ली, 29 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुक्रवार गुड फ्राइडेमा ईसा मसीहको बलिदानलाई याद गरे। साथै उनको करूणा र क्षमाको शिक्षा सुदृढ़ हुने कामना गरे।

प्रधानमन्त्री मोदीले एक्स ह्याण्डल पोस्टमा भने, आज गुड फ्राइडेको दिन हामी ईसा मसीहको बलिदानलाई याद गर्छौं। यसबाट हामीलाई करूणा र क्षमाको जुन शिक्षा पाउँछौं, त्यो अझ् बलियो होस्।

उल्लेख्य, गुड फ्राइडे ईसाई धर्मावलम्बीहरूका लागि पवित्र दिन हो। यही दिन ईसा मसीहलाई क्रसमा झुण्डाइएको मान्यता छ। विश्वमा यस दिनलाई होली फ्राइडे, ग्रेट फ्राइडे, ब्ल्याक फ्राइडे र इस्टर फ्राइडे पनि भनिन्छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande