विशाल भारद्वाजको नयॉं थ्रिलर फिल्ममा कार्तिक आर्यन अण्डरवर्ल्ड डन
विशाल भारद्वाजको नयॉं थ्रिलर फिल्ममा कार्तिक आर्यन अण्डरवर्ल्ड डन


मुम्बई, 01 अप्रेल (हि.स.)। कार्तिक आर्यन बलीवुडका एक लोकप्रिय अभिनेता हुन्। कार्तिक अहिले ‘भूल भुलैया-3’ को शूटिङमा व्यस्त छन्।

यस अतिरिक्त, उनले कबीर खानसॅंग फिल्म ‘चंदू चैंपियन’ को शूटिङ पनि गरिरहेका छन्। अब कार्तिकले विशाल भारद्वाजको नयॉं थ्रिलर फिल्मको ठूलो प्रोजेक्टमा काम गर्ने भएका छन्।

विशाल भारद्वाजले कार्तिकलाई उनको आगामी क्राइम थ्रिलर बायोपिकको निम्ति चयन गरेका छन्। कार्तिकले यस फिल्ममा दाउदका प्रतिद्वन्दी डन हुसैन उस्ताराको भूमिका निभाउने छन्।

शुरूमा यस फिल्मको नाम ‘सपना दीदी’ थियो, तर अब यस फिल्मको टाइटल परिवर्तन गरिएको छ। साजिद नाडियाडवालाको यस फिल्मको शूटिङ सेप्टेम्बरदेखि शुरू हुनेछ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande