आमिर खानले शेयर गरे 'सत्यमेव जयते' को पुरानो प्रोमो
आमिर खानले शेयर गरे ‘सत्यमेव जयते’ को पुरानो प्रोमो


मुम्बई, 29 अप्रेल (हि.स.)। आमिर खान फिल्म उद्योगमा प्रचारदेखि लिएर मार्केटिङसम्मका सबै गणित जान्दछन्। देशका सामाजिक समस्याहरू प्रकाशमा ल्याउने उनको टीवी कार्यक्रम ‘सत्यमेव जयते’ निकै लोकप्रिय रह्यो। अब मिस्टर परफेक्शनिस्टले सोशियल मिडियामा ‘सत्यमेव जयते’ को पुरानो प्रोमो शेयर गरेका छन्।

आमिर खान प्रोडक्शनको आधिकारिक ह्यान्डलले इन्स्टाग्राममा जारी ‘सत्यमेव जयते’ को पुरानो प्रोमोको क्याप्शनमा लेखेको छ, तपाई फेरि सत्यमेव जयते हेर्ने विषयमा सोचिरहनु भएको छ। प्रोमोमा आमिर खान सडकमा नियमहरू पालन गर्ने र नियम तोड्ने कारहरू हेर्दै ‘सत्यमेव जयते’ कार्यक्रम कसले हेर्नेछन् भनेर अनुमान लगाइरहेका छन्।

आमिर खान अनुसार, सिग्नलमा रोक्ने सबैले शो हेर्नेछन् भने सिग्नल तोड्नेहरूले हेर्ने छैनन्। उक्त पोस्टपछि धेरै प्रशंसकहरूले अभिनेतासॅंग होस्टको रूपमा फर्किन र च्याट शो फेरि शुरू गर्न अनुरोध गरेका छन्। सत्यमेव जयतेको माध्यमद्वारा आमिर खानले सामाजिक मुद्दाहरूमाथि जागरूकता फैलाउने सफल मुहिम शुरू गरेका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande