डा. मुकेश बत्राले होम्योप्याथीमा उत्कृष्टताको पाँच दशक पूरा गरे
डा. मुकेश बत्राले होम्योप्याथीमा उत्कृष्टताको पाँच दशक पूरा गरे


नयाँ दिल्ली, 10 अप्रेल (हि.स.)। होम्योप्याथीका संस्थापक जर्मन फिजिशियन डा. सैम्युल ह्यानीमनको जयन्तीसितै पद्मश्री डा. मुकेश बत्राले यस चिकित्सा पद्धतिको क्षेत्रमा सर्वांगीण उपचारको पाँच दशक पूरा गरे। डा. सैम्युल ह्यानीमनको जन्म 10 अप्रेल, 1755 –मा भएको थियो। डा. मुकेश बत्राले होम्योप्याथी हेल्थकेयरको परिदृश्यामा परिवर्तन ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सो जानकारी 'डा. बत्राज ग्रुप'- को विज्ञप्तिमा दिइएको छ।

विज्ञप्ति अनुसार डा. मुकेश 'डा. बत्राज ग्रुप'- का संस्थापक हुन्। उनले रोगीहरूको हेरचाहलाई उत्कृष्टता प्रदान गर्नको लागि नवाचार तथा तकनिकलाई प्रयोग गरे। साथै हालैमा यस चिकित्सा पद्धतिमा आर्टिफिशियल इन्टेलिजेन्सलाई सामेल गराएर उपचारको पारम्परिक विधिका समस्याहरूलाई नाघ्ने चुनौतीलाई सवीकार गरे।

'डा. बत्राज ग्रुप'- का संस्थापक पद्मश्री डा. मुकेश बत्राको भनाइ छ, यो कठिन थियो, किनभने धेरैजनाले होम्योप्याथी वा एकजना डाक्टरको रूपमा ममाथि विश्वास गर्दैनन् थिए। तर रोगीहरूले ममाथि भरोसा गरे जसले गर्दा म अघि बढ़्दै गएँ। म आफ्ना सहकर्मी, कर्मचारी एवं परिवारको सहयोगप्रति आभारी छु जो कठिन परिस्थितिमा पनि मेरो साथमा थिए।

विज्ञप्ति अनुसार, डा. बत्राज हेल्थकेयरसित पाँचवटा देशहरूका 160 शहरहरूमा 200 भन्दा ज्यादा क्लिनिक्सको विशाल नेटवर्क छ। यी देशहरूमा भारत, बंगलादेश, यूके, यूएई र बहरीन सामेल छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande