सेवा मतदाताहरूका 65 पोस्टल ब्यालेट प्राप्त
सेवा मतदाताहरूका 65 पोस्टल ब्यालेट प्राप्त


सोरेङ, 16 अप्रेल (हि.स.)। सोरेङ पोस्ट अफिसबाट सेवा मतदाताहरूका 65 पोस्टल ब्यालेट आज प्राप्त भएको बताइएको छ। प्राप्त भएका सबै पोस्टल ब्यालेट पोस्ट मास्टरको बाहुलीद्वारा नोडल अफिसर/डीपीओ रजनी पेगालाई हस्तान्तरण गरिएको छ। यस अवसरमा जिल्ला प्रशासनका अधिकारीहरू र विभिन्न राजनीतिक दलका चुनाउ एजेन्टहरू पनि उपस्थित थिए।

ईसीआईको नियम अनुसार, प्राप्त सबै पोस्टल ब्यालेटहरू सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा स्थापित स्ट्रङ रूमता राखिएका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande