द्रूत गतिको वाहन रूखसित ठोक्किएर चारजनाको मृत्यु
द्रूत गतिको वाहन रूखसित ठोक्किएर चारजनाको मृत्यु


धुबड़ी (असम), 16 अप्रेल (हि.स.)। धुबड़ीको गौरीपुरमा भएको भीषण सड़क दुर्घटनामा परी चारजना मानिसहरूको मृत्यु भयो। दुर्घटनामा ज्यान गुमाउनेहरूमा साहिल अहमद, शाहिद अहमद, नूर अमीन र एकजना महिला सामेल छन्।

यिनीहरूमध्ये साहिल, शाहिद र नूर अमीनको घर धुबड़ीको बिद्यापारा क्षेत्रमा अवस्थित छ। यो समाचार लेखुञ्जेलसम्म महिलाको पहिचान हुन सकेको थिएन। चारैजनाको शवलाई पोस्टमर्टम गर्नको लागि धुबड़ी मेडिकल कलेजमा पठाइएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande