ममताले भनिन्- मेरो वाहनलाई देखेर चोर-चोर भन्छन्, जिब्रो थुत्न सक्छु
ममताले भनिन्- मेरो वाहनलाई देखेर चोर-चोर भन्छन्, जिब्रो थुत्न सक्छु


कोलकाता, 16 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले आफूविरूद्ध चोर-चोर---- को नारा लगाउनेहरूलाई चेताउनी दिएकी छन्। उनले भनिन्, यस्तो गर्नेहरूको जिब्रो थुत्न सक्छु, तर यस्तो गर्दिनँ। जलपाईगुड़ीमा आयोजित एक जनसभालाई सम्बोधन गर्ने क्रममा ममताले भनिन्, उनीहरूले मेरो कारलाई देखेपछि चोर-चोर भन्छन्। कसैको बाउको पैसाले मैले एक कप चिया पनि पिएको छुइनँ। मैले चाहनु हो भने लाखौं रुपियाँ वेतन र पेन्शन पाउन सक्थेँ।

मुख्यमन्त्रीले भनिन्, एक रुपियाँ लिदिनँ, किनभने मलाई यसको आवश्यकतै छैन। मलाई मानिसहरूको आवश्यकता छ। जनता मेरो लागि सबै कुरा हुन्। मलाई चोर भन्ने हिम्मत उनीहरूलाई कहाँबाट आयो! म उनीहरूको जिब्रो थुत्नसक्थेँ, तर मैले केही गरिनँ। यस अतिरिक्त म नरेन्द्र मोदी होइन, अमित शाह होइन। उनीहरूले मलाई छानी-छानी जेल पठाउने कुरा गर्छन्। उल्टो पारेर ठीक बनाउने कुरा गर्दछन्। तर म यस्तो भन्दिनँ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande