'मेरो नाम अरविन्द केजरीवाल हो र म आतंकवादी होइन'
'मेरो नाम अरविन्द केजरीवाल हो र म आतंकवादी होइन'


नयाँ दिल्ली, 16 अप्रेल (हि.स.)। आम आदमी पार्टी (आप)-का नेता मुख्यमन्त्री अरविन्द केजरीवाल आबकारी घोटाला मामिलामा जेल गएदेखि नै उनलाई रिहा गराउनको लागि पार्टी सक्रिय भएको देखिन्छ। पार्टीले आफ्ना नेताले जेलबाट पठाएको सन्देशलाई सार्वजनिक गर्दै आरोप लगाइरहेको छ, उनीसित सही व्यवहार भइरहेको छैन।

पार्टीका वरिष्ठ नेता एवं राज्यसभा सदस्य संजय सिंहले मंगलवार पार्टी मुख्यालयमा प्रेसवार्ता आयोजना गरे। प्रेसवार्तामा उनले भने, अरविन्द केजरीवालले दिल्ली र देशका जनताको लागि छोरा-दाज्युले जस्तै काम गरे। जेलमा अरविन्द केजरीवालसित आतंकवादीहरूलाई जस्तो व्यवहार गरिँदैछ। उनले जनताको लागि सन्देश पठाएका छन्- ‘मेरो नाम अरविन्द केजरीवाल हो र म आतंकवादी होइन।’

उनले भने, भाजपा दुर्भावना अनि घृणामा यति धेरै अघि बढ़िसकेको छ कि अरविन्द केजरीवाललाई उनको परिवार अनि उनकी पत्नीसित बीचमा शिशाको पर्खाल बनाएर भेट गराइरहेको छ। पंजाबका मुख्यमन्त्री भगवन्त मानलाई जेड प्लस सुरक्षा प्राप्त छ। तथापि भगवन्त मानलाई तीनपटक प्रचण्ड बहुमतले चुनिएका मुख्यमन्त्री केजरीवालसित बीचमा शिशाको पर्खाल बनाएर भेट गराइँदैछ।

सिंहले भने, भाजपाले आफ्नै देशमा एकजना निर्वाचित मुख्यमन्त्रीसित आतंकवादीलाई जस्तो व्यवहार गरिरहेको छ।

हिन्दुस्थान समाचार/ उष्णता


 rajesh pande