नाम्ची जिल्लाका जनरल अब्जर्बरले कण्ट्रोल रूम, वितरण एवं संकलन केन्द्रको भ्रमण गरे
नाम्ची जिल्लाका जनरल अब्जर्बरले कण्ट्रोल रूम, वितरण एवं संकलन केन्द्रको भ्रमण गरे


नाम्ची, 16 अप्रेल (हि.स.)। नाम्ची जिल्लाको निम्ति जनरल अब्जर्बर अमरनाथ उपाध्याय कामराङस्थित सरकारी महाविद्यालयमा स्थापित कण्ट्रोल रूम, वितरण एवं संकलन केन्द्र भ्रमण गरे। भ्रमणका क्रममा जनरल अब्जर्बरले नाम्ची जिल्ला अन्तर्गत महत्वपूर्ण मतदान केन्द्र लगायत सबै मतदान केन्द्रको नियन्त्रण कक्ष र प्रत्यक्ष वेब कास्टिङको कामको निरीक्षण गरे।

उनले मतदानको दिनमा मतदान केन्द्रहरूको पर्याप्त अनुगमन सुनिश्चित गर्न प्रत्यक्ष वेबकास्टिङ प्रक्रियालाई निरन्तरता दिन सम्बन्धित निर्वाचन अधिकारीहरूलाई निर्देशन दिए। यसैगरी, जनरल अब्जर्बरले दिउॅंसो सेक्टर म्याजिट्रेटहरू र पुलिस अधिकारीहरूसॅंग राङगाङ याङगाङ निर्वाचन क्षेत्रको भ्रमण गरे। उनले याङगाङ बजारमा मानिसहरूसॅंग अन्तरक्रिया गर्दै हिंसामुक्त चुनाउ सुनिश्चित गर्न हर सम्भव व्यवस्था गरिने आश्वासन दिए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande