नवादामा 80 लाखको गाँजासितै दुईवटा वाहन जफत, तीन पक्राउ
नवादामा 80 लाखको गाँजासितै दुईवटा वाहन जफत, तीन पक्राउ


ट्रकको बेसमेन्टमा लुकाएर राखिएको थियो 176 किलो गाँजाको प्याकेट

नवादा 25 अप्रेल (हि.स.)। नवादा पुलिसले गुप्त सूचनाको आधारमा नवादा नगर थानाको कृषि फार्म निकट ढुङ्गा लादिएको ट्रकको बेसमेन्टबाट 176 किलोग्राम गाँजाका प्याकेटहरू छापामारी अवधि जफत गरेको छ जसको मूल्य 80 लाख रुपियाँ रहेको बताइँदैछ। बिहीवार भएको उक्त कारबाहीमा पुलिसले यस धन्दामा सामेल तीनजना तस्करहरूलाई पनि पक्राउ गरेको छ। साथै एउटा ट्रक, एउटा कार तथा दुईवटा मोबाइल फोन लगायत 20,000 रुपियाँ पनि जफत गरिएको छ।

नवादाका एसपी कार्तिकेय शर्माले बताए, नवादातिरबाट आइरहेको गिटी लादिएको ट्रकमा भारी मात्रामा गाँजा राखिएको गुप्त सूचना प्राप्त भएको थियो। सोही आधारमा नगर थानाको कृषि फार्म निकट पुलिसकर्मीहरूले ट्रकलाई रोकेर जाँच गरे। ट्रक चालक सुबोध पासवानलाई पक्राउ गरियो।

सुबोधले बताए, ट्रकभित्र बनाइएको बेसमेन्टमा 176 प्याकेट गाँजा राखिएको छ। पुलिसले चापमा परेर उसले अझ बताए, नवादा जिल्ला अधिनस्थ अकबरपुर थानाको बेला गाउँ निवासी शशि भूषण शर्माका पुत्र राकेश कुमार तथा रोशन सिंह तथा गोविंन्पुर थानाको बाघोर गाउँका मिथिलेश सिंहका पुत्र रवि रंजन कुमारले विगत लामो समयदेखिकै गाँजा तस्करीको काम गर्दै आइरहेका छन्।

पुलिसले चालकको बयानमा यी तीनैजना तस्करहरूलाई पनि समात्यो जसमा राकेश कुमारले उड़िसाको झाँसीगोड़ा नामक स्थानबाट गाँजा ल्याएर बिहार सहित कतिपय राज्यहरूमा यसको तस्करी गर्दै आइरहेको तथा 50000 किलो गाँजा बिक्री गरेर ठूलो धनराशि कमाएको कुरा स्वीकार गरे। गाँजा ट्रकमा लादिएको थियो, तर तस्करीहरू भने पछि-पछि कारमा आइरहेका थिए। पुलिसले तस्करहरूको कारलाई पनि जफत गरेको छ जसबाट 20000 रुपियाँ पनि जफत गरिएको छ।

पुलिस अनुसार सबै अपराधीहरूविरूद्ध नारकोटिक्स ड्रग्स कन्ट्रोल एक्ट अन्तर्गत मुद्दा दर्ता गरी जेलमा पठाइएको छ जसलाई गम्भीर प्रकृतिको अपराध मानिन्छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande