'आप'- ले मेट्रो स्टेशनहरूमा पर्चा वितरण गरेर दिल्लीवासीसित गऱ्यो 'जेलको जवाफ भोटबाट' दिने अपील
'आप'- ले मेट्रो स्टेशनहरूमा पर्चा वितरण गरेर दिल्लीवासीसित गऱ्यो 'जेलको जवाफ भोटबाट' दिने अपील


नयाँ दिल्ली, 25 अप्रेल (हि.स.)। आम आदमी पार्टी (आप)- का वरिष्ठ नेता एवं क्याबिनेट मन्त्री सौरभ भारद्वाजले नयाँ दिल्ली लोकसभा क्षेत्रका मेट्रो स्टेशनहरूमा पर्चा वितरण गरेर दिल्लीका जनतासित ''जेलको जवाफ भोटबाट'' दिने अपील गरे।

यस अवधि नयाँ दिल्ली लोकसभा सीटबाट आम आदमी पार्टीका प्रत्याशी सोमनाथ भारती समेत ठूलो संख्यामा कार्यकर्ताहरू उपस्थित थिए। सौरभ भारद्वाज तथा सोमनाथ बारतीले कार्यकर्ताहरूसित मिलेर मेट्रो स्टेशनमा आउने-जाने मानिसहरूलाई पर्चा वितरण गर्दै आगामी 25 मईमा सम्पन्न हुने मतदानमा देशबाट वर्तमान केन्द्र सरकारलाई सत्ताच्युत पार्नको लागि आफ्नो भोटको प्रयोग गर्ने अपील गरे।

सौरभ भारद्वाजले भने, मुख्यमन्त्री अरविन्द केजरीवाललाई जेलमा थुनिएकाले दिल्लीका जनता अत्यन्तै दुःखी भएका छन्। मानिसहरूले आफ्नो भोटको शक्तिबाट भाजपालाई मुखभरिको जवाफ दिने निश्चित गरेका छन्।

सौरभ भारद्वाजले भने, आज हामी नयाँ दिल्ली लोकसभा सीटबाट आप प्रत्याशी सोमनाथ भारतीसित मेट्रो स्टेशनमा उभिएर पर्चा वितरण गरिरहेका छौं र मानिसहरूसित जेलको जवाफ भोटबाट दिने अपील गरिरहेका छौं। यसको साथै आज आपको क्याम्पेन संग पनि लन्च भइरहेको छ जुन यस लोकसभा चुनाउमा आपको क्याम्पेन संग हुनेछ।

हिन्दुस्थान समाचार/ उष्णता


 rajesh pande