सड़क दुर्घटनामा वृद्ध महिलाको मृत्यु
सड़क दुर्घटनामा वृद्ध महिलाको मृत्यु


जलपाईगुड़ी, 25 अप्रेल (हि.स.)। जिल्लाको राजगंज ब्लकमा बाइकको चपेटमा परेर एक वृद्ध महिलाको मृत्यु भएको छ। घटना बिहीवार माझियाली ग्राम पञ्चायत अन्तर्गत पालपाड़ा राजकीय सड़कमा घटेको हो। मृतकको पहिचान माझियाली ग्राम पञ्चायत अन्तर्गत मोनिजोत क्षेत्रकी निवासी कंदुरी नेछा (62)- को रूपमा भएको छ।

पारिवारिक सूत्र अनुसार कंदुरी नेछा गाईलाई मैदानमा बाँधेर फर्किरहेकी थिइन्। राजकीय सड़क पार गर्ने क्रममा द्रूत गतिमा आइरहेको एउटा बाइकले उनलाई ठक्कर दियो जसले गर्दा उनी सड़कमा लड़िन्। उनलाई लगत्तै कालीनगर उपस्वास्थ्य केन्द्रमा पुऱ्याइयो जहाँबाट राजगंज ग्रामीण अस्पतालमा रेफर गरिदियो। ग्रामीण अस्पतालमा पुऱ्याइएपछि डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। राजगंज थानाको पुलिस घटनाको जाँचमा जुटिसकेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande