लोकसभा चुनाउ: दार्जीलिङका दुर्गम क्षेत्रहरूमा घोड़ाहरूमा लादेर लगियो ईभीएम
लोकसभा चुनाउ: दार्जीलिङका दुर्गम क्षेत्रहरूमा घोड़ाहरूमा लादेर लगियो ईभीएम


दार्जीलिङ, 25 अप्रेल (हि.स.)। लोकसभा चुनाउको दोस्रो चरणको मतदान शुक्रवार भइरहेको छ। दार्जीलिङ लोकसभा क्षेत्रमा दोस्रो चरण अन्तर्गतै मतदान हुनेछ। बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म मतदान हुनेछ। चुनाउ आयोगको टीम यसको व्यवस्थामा जुटेको छ। मतदान केन्द्रहरूमा इलेक्ट्रनिक भोटिंग मसिन (ईभीएम) पठाउन शुरू गरिएको छ।

दार्जीलिङका विभिन्न दुर्गम मतदान केन्द्रहरूमा चुनाउसित सम्बन्धित सामग्रीहरू पुऱ्याउनको लागि घोड़ाको प्रयोग गरिँदैछ। दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रमा यस्ता धेरैवटा बूथहरू छन् जहाँसम्म वाहन पुग्नै सक्दैन। विशेष गरी 23/1 सिरिखोला प्राथमिक विद्यालय, 23/2 डाँड़ा गाउँ निम्न प्राथमिक विद्यालय, 23/3 रमम प्राथमिक विद्यालय औ 23/4 समान देन प्राथमिक विद्यालय प्रमुख छन्।

यी दुर्गम मतदान केन्द्रहरूमा ईभीएम तथा भीभीप्याट सहित मतदानका लागि प्रयोग गरिने सबै वस्तुहरूलाई घोड़ामा लादेर लगियो। मतदान अधिकारी तथा पुलिस अधिकारीहरूले यी चुनाउ सामग्रीहरूलाई व्यापक सुरक्षा व्यवस्थाबीच जंगलको बाटो भएर गन्तव्यसम्म पुऱ्याइरहेका छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande