स्कूटी दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु
स्कूटी दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु


गान्तोक, 25 अप्रेल (हि.स.)। राजधानीको नामनाङमा भएको दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम भीम बहादुर तामाङ बताइएको छ। 51 वर्षीय तामाङ नामनाङ निवासी थिए।

पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, गत 22 अप्रेलका दिन भीम बहादुर तामाङको स्कूटी नामनाङ टर्निङमा दुर्घटनाग्रस्त भएको थियो। घाइते तामाङलाई उपचारको निम्ति नयॉं एसटीएनएम अस्पतालमा भर्ती गरियो। तर, उपचारको क्रममा 23 अप्रेलका दिन उनको मृत्यु भयो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande