सोरेङ जिल्लाबाट 38 जना खेलाडीहरू गान्तोक प्रस्थान
सोरेङ जिल्लाबाट 38 जना खेलाडीहरू गान्तोक प्रस्थान


गान्तोक, 25 अप्रेल (हि.स.)। सोरेङ जिल्लाका 38 जना विद्यार्थीहरू गान्तोकमा आयोजना हुने 15औं स्टेट एथलेटिक मीटमा सहभागिता जनाउने भएका छन्। आज सोरेङ जिल्लाका जिल्लापाल हिस्से डी. योङ्गदाले उनीहरूलाई सोरेङ सरकारी वरिष्ठ माध्यमिक विद्यालयको खेल मैदानबाट झण्डा हल्लाएर गान्तोक प्रस्थान गराउँदै सबै विद्यार्थीहरूलाई जितको निम्ति शुभकामना दिएकी छन्।

उल्लेखनीय छ, भोलि 26 अप्रेलदेखि राङ्काको रेशीथाङस्थित खेल गाउँमा 28 अप्रेलसम्म एथलेटिक मीटको आयोजना भइरहेको छ। उक्त प्रतियोगितामा 14-16-18 वर्ष भन्दा कम उमेरका र खुल्ला प्रतियोगिताको पनि आयोजना गरिनेछ। सिक्किम एथलेटिक्स एसोसिएशनद्वारा आयोजना गरिने यस प्रतियोगितामा राज्यभरिका प्रतियोगीहरूले सहभागिता जनाउने जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार


 rajesh pande