केन्द्रिय गृहमन्त्री शाह आज गुवाहाटीमा, व्यापक स्तरमा रोड शोको तयारी
केन्द्रिय गृहमन्त्री शाह आज गुवाहाटीमा, व्यापक स्तरमा रोड शोको तयारी


गुवाहाटी, 29 अप्रेल (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले आज असमको भ्रमण गर्नेछन्। शाहले गुवाहाटी लोकसभा निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवार बिजुली कलिता मेधीको समर्थनमा रोड शो गर्नेछन्। रोड शोमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, प्रदेश भाजपा अध्यक्ष भबेश कलिता, भाजपा उम्मेदवार तथा वरिष्ठ भाजपा नेताहरूले भाग लिनेछन्। रोड शोको तयारी व्यापक स्तरमा गरिॅंदैछ।

गृहमन्त्रीले साइकल फ्याक्ट्रीदेखि लाला गणेशसम्म लाखौं समर्थकहरूको साथमा रोड शोमा भाग लिनेछन्। यातायात पुलिसले यात्रालाई ध्यानमा राख्दै विशेष दिशानिर्देश जारी गरेको छ। विशेष दिशानिर्देश दिउॅंसो 12 बजीदेखि राति 9 बजीसम्म प्रभावी रहनेछ। सडकमा वाणिज्यिक वाहनहरूको आवागमनमा प्रतिबन्ध लगाइएको छ।

जालुकबाडीमा भीआईपी फ्लाइओभरदेखि रोटरीसम्म रोक लगाइएको छ। डीजी रोड, एमजी रोड, आरकेबी रोड, एके आजाद रोडमा पनि केही प्रतिबन्ध लगाइएका छन्। बीके ककती रोडमा पनि व्यावसायिक वाहनहरूको आवागमनमा प्रतिबन्ध रहनेछ। यद्यपि, आपातकालीन सेवाहरूमा भने कुनै प्रकारको प्रतिबन्ध छैन।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande