पूर्व केन्द्रिय मन्त्री एवं भाजपा सांसद वी श्रीनिवास प्रसादको बेङलुरुमा निधन
पूर्व केन्द्रिय मन्त्री एवं भाजपा सांसद वी श्रीनिवास प्रसादको बेङलुरुमा निधन


बेङलुरु, 29 अप्रेल (हि.स.)। पूर्व केन्द्रिय मन्त्री एवं चामराजनगरबाट भारतीय जनता पार्टी (भाजपा) का सांसद वी श्रीनिवास प्रसादको आइतवार राति यहॉं एक निजी अस्पतालमा निधन भएको छ। श्रीनिवास प्रसाद गत चार दिनदेखि आईसीयूमा भर्ती थिए। उनले 76 वर्षको आयुमा अन्तिम सास लिए।

भाजपाका दिग्गज नेता वी श्रीनिवासले चामराजनगर लोकसभा सीटबाट सातपल्ट चुनाउ जितेका थिए। उनले दुईपल्ट नंजनगुड विधानसभा सीटको पनि प्रतिनिधित्व गरे। उनको निधनका कारण मल्टी अर्गन फेल्योर बताइएको छ। उनले हालैमा राजनीतिबाट सन्यास लिने घोषणा गरेको थियो।

पारिवारिक सदस्यहरू अनुसार, अन्तिम दर्शनको निम्ति वी श्रीनिवास प्रसादको पार्थिव शरीर आज मैसूरमा उनको जयलक्ष्मीपुरम आवासमा ल्याइने छ। उनलाई 22 अप्रेलमा बेङलुरु को मणिपाल अस्पतालमा भर्ती गरिएको थियो।

वी श्रीनिवास प्रसादको जन्म 6 जुलाई, 1947 मा मैसूरको अशोकपुरममा भएको थियो। उनले 17 मार्च, 1974 मा कृष्णराज विधानसभा क्षेत्रको उपचुनाउमा निर्दलीय रूपमा जित दर्ता गरेर चुनावी राजनीतिमा प्रवेश गरे। उनी 1972 सम्म राष्ट्रिय स्वयंसेवक संघका स्वयंसेवक रहे। यसपछि, जनसंघ र अखिल भारतीय विद्यार्थी परिषदमा सक्रिय रहे। यसपछि, उनी राजनीतिमा सक्रिय रहेका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande