विष्णुपुरमा ऱ्यापिड एक्शन फोर्सको भारी तैनाथी, स्थिति तनाउपूर्ण
विष्णुपुरमा ऱ्यापिड एक्शन फोर्सको भारी तैनाथी, स्थिति तनाउपूर्ण


इम्फाल, 16 जून (हि.स.)। मणिपुरको बिष्णुपुर जिल्लामा भारी मात्रामा ऱ्यापिड एक्शन फोर्सलाई तैनाथ गरिएको छ। यस सम्पूर्ण क्षेत्रमा स्थिति तनाउपूर्ण भएको छ। ठूलो संख्यामा भीड़ले सड़क मार्गलाई अवरूद्ध गरेको कारणले आवागमन ठप्प भएको छ।

पुलिसले आज बतायो, मणिपुरको बिष्णुपुर जिल्ला अन्तर्गत ट्रोंगलाओबी अवांग लेइकाईमा गए शनिवार साँझ त्यसबेला स्थिति उत्तेजक भएको थियो जतिबेला स्थानीय भीड़द्वारा दुईवटा ट्रकमा आगो झोसिएको थियो। ट्रकले निर्माणाधिन पुलको निम्ति निर्माण सामग्रीहरू लिएर गइरहेको थियो। चारवटा ट्रक एकैसाथ चुराचाँदपुर तर्फ गइरहेको थियो। ट्रोंगलाओबी क्षेत्रमा पुगेपछि ट्रकलाई भीड़ले रोक्यो अनि आगो लगाइदियो।

यस घटनामा एउटा ट्रक पूर्णरूपले जलेर खरानी भयो भने अर्को ट्रक आंशिक रूपमा जलेको छ। सुरक्षा बलहरूको तत्परताले अन्य दुईवटा ट्रकलाई भने बचाइयो। ट्रकहरूलाई सेकमाईमा चुराचाँदपुरको सिंघाटको लागि लोड गरिएको थियो। यी ट्रकहरूले राष्ट्रिय राजमार्ग- 102-बी चुराचाँदपुर-तुईवई रोडमा निर्माणाधिन एक पुलको लागि आवश्यक सामग्रीहरू लिएर गइरहेको थियो।

बिष्णुपुर पुलिस र केन्द्रिय बलहरूले तुरून्तै घटनास्थलमा पुगेर भीड़लाई तितर-बितर बनाइदियो अनि आगोलाई नियन्त्रण गर्नको लागि तीन-चार राउण्ड अश्रु ग्यासको गोला दागे। क्षेत्रलाई स्थिर बनाउन अनि बढ़्दो तनाउलाई नियन्त्रित गर्नको लागि ऱ्यापिड एक्शन फोर्स (आरएएफ) तत्काल घटनास्थलमा पुग्यो। सम्पूर्ण क्षेत्रमा तनाउ व्याप्त भएको छ। व्यापक मात्रामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande