चक्कुले प्रहार गरी युवकको हत्या
चक्कुले प्रहार गरी युवकको हत्या


नयाँ दिल्ली, 24 जून (हि.स.)। मायापुरीको खजान बस्ती क्षेत्रमा एक व्यक्तिको चक्कु प्रहार गरी हत्या गरियो। मृतकको पहिचान राज कपूरको रूपमा भएको छ। घटनास्थमा जाँच गर्नको लाग क्राइम टीमलाई बोलाइएको थियो।

पश्चिमी जिल्लाका डीसीपी विचित्र वीरले बताए, यस मामिलामा भएको अनुसन्धानबाट थाहा लागेको छ, मृतक आफ्ना टाड़ाको भाइ पर्ने दुईजना भाइहरूको घरमा आएको थियो जसको पहिचान प्रहलाद र बबलुको रूपमा भएको छ। सबैले त्यहाँ पार्टी गरे अनि रक्सी पनि खाए। यसै अवधि कुनै कुरालाई लिएर आपस्तमा झगड़ा हुन थाल्यो। यसबीच राजको साथी किशनले सबैलाई सम्झाइ-बुझाइ झगड़ालाई शान्त बनायो। केही क्षणपछि किशन बाथरूममा गयो।

बाथरूमबाट फर्केर आउँदा राज कपूर अचेत अवस्थामा भुइँमा लड़ेको थियो र चारैतिर रगत बगिरहेको थियो। त्यसपछि पुलिसलाई सूचित गरियो। पुलिसले घटनास्थलमा पुगेर तुरूनै घाइतेलाई नजिकैको अस्पतालमा भर्ती गरायो जहाँ डाक्टरहरूले राजलाई मृत घोषित गरिदिए।

मायापुरी पुलिसले मामिलालाई गम्भीर रूपमा लिँदै हत्याको मुद्दा दर्ता गरी आरोपी प्रहलादलाई पक्राउ गरेको छ। हाल पुलिसले बबलुलाई खोजिरहेको छ। प्रारम्भिक जाँचबुझमा थाहा लागे अनुसार गाउँको जमीनलई लिएर उनीहरूको राजसित झगड़ा भएको थियो। गाली गर्न थालेपछि आरोपीहरूले भान्सा कोठाबाट चक्कु निकालेर राजको छात्तीमा प्रहार गरे अऩि घटनास्थलबाट सुइँकुच्चा ठोके।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande