दिल्ली एयरपोर्ट टर्मिनल-1 दुर्घटना, इण्डिगो र स्पाइस जेटको उड़ान रद्द
दिल्ली एयरपोर्ट टर्मिनल-1 दुर्घटना, इण्डिगो र स्पाइस जेटको उड़ान रद्द


नयाँ दिल्ली, 28 जून (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीको पालमस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टको टर्मिनल -1 मा आज भोर बिहान दुर्घटना भयो। छतको माथिल्लो भाग एकाएक झरेर तीनवटा वाहनहरू पुरिए। यस दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो भने अन्य सातजना घाइते भए जसलाई तुरून्तै अस्पतालमा पुऱ्याइयो। घटनास्थलमा दमकलका चारवटा वाहनहरू तथा पुलिस टीम पुगे।

दमकल विभागका निदेशक अतुल गर्गले बताए, अवशेषभित्र आठजना मानिसहरू पुरिएका थिए जसलाई बाहिर निकालेर मदान्ता हस्पिटलमा भर्ती गरियो जसमध्ये एकजनाको मृत्यु भयो। सातजना घाइतेहरूको हाल उपचार भइरहेको छ। इण्डिगो र स्पाइस जेटले एक्समा यात्रीहरूको निम्ति अपडेट जारी गरेको छ, टर्मिनल -1 क्षतिग्रस्त भएको कारण दिल्लीमा उड़ान रद्द भएको छ, किनभने यात्रीहरू टर्मिनलभित्र प्रवेश गर्नै पाएनन्।

दुवै कम्पनीहरूले भनेका छन्, टर्मिनलभित्र पहिलाबाटै उपस्थित यात्रीहरू आफ्नो उड़ानहरूमा सवार हुन सक्नेछन्। पछि दिउँसो अऩ्य यात्रीहरूको पालो आउनेछ। यात्रीहरूलाई सल्लाह दिइएको छ, हवाईअड्डाको लागि प्रस्थान हुनपूर्व आफ्नो उड़ानको स्थितिबारे जानकारी लिनुहोस्। यसको लागि कम्पनीले सहायता नम्बर पनी जारी गरेको छ।

दिल्ली एयरपोर्टको टर्मिनल-1 मा यात्री अनिकत भन्छन्, ''म बेंगलुरू गइरहेको थिएँ। मेरो बिहान 8:15 बजेको फ्लाइट थियो। यहाँ बिहान लगभग 5 बजकर 15 मिनटमा छत झऱ्यो। एयपपोर्ट अथोरिटीसित कुनै जवाफ छैन। 700-800 जना मानिसहरू यहाँ बसेका छन्। यस्ता कुनै पनि व्यक्ति देखिएको छैन जसले सही जवाफ दिउन्।''

अर्को एकजना यात्रीले बताए, बिहान नौ बजे मेरो इण्डिगोको फ्लाइट थियो। मलाई लाग्दैन कि यहाँबाट कुनै फ्लाइट उड़्न सक्नेछ। नौ बजेको फ्लाइटमा सवार हुनका लागि यहाँ आइपुगेका एकजना यात्रीले बताए, उसलाई अधिकारीहरूले टर्मिनल-2 मा जान भनेका छन्। यस्तो लागिरहेको छ, यहाँबाट सबै फ्लाइट रद्द गरिएको छ। अर्कोतिर तीव्र वर्षाको कारणले यशोभूमि द्वारका सेक्टर-25 मेट्रो स्टेशनमा मेट्रोको प्रवेश तथा निकासलाई बन्द गरिदिएको छ। दिल्ली एरोसिटी मेट्रो स्टेशनदेखि टर्मिनल 1-आईजीआई एयरपोर्टसम्म शटल सेवालाई पनि निलम्बित गरिएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande