मुख्यमन्त्री ममता ब्यनर्जीले दिइन् हूल दिवसको शुभकामना
मुख्यमन्त्री ममता ब्यनर्जीले दिइन् हूल दिवसको शुभकामना


कोलकाता, 30 जून (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले हूल दिवसमा राज्यका आदिवासी समुदायलाई बधाई दिएकी छन्। एक्स ह्याण्डलमा उनले बंगला तथा अलचिकी भाषामा शुभकामना सन्देश लेखेकी छन्।

उनले आइतवार एक्स ह्याण्डलमा लेखिन्, हूल दिवसको अवसरमा मेरा सबै आदिवासी दाज्यु-भाई तथा दिदी-बहिनीहरूलाई मेरो हार्दिक सम्मान। ब्रिटिश शासकहरूको अत्याचार अनि शोषणविरूद्ध सिद्धो-कान्होको नेतृत्वमा भएको सन्तालहरूको लड़ाईँले हामीलाई शिर ठाड़ो राख्नको लागि प्रेरित गर्दछ। अन्यायको विरोध गर्न सिकाउँछ।

साथै मुख्यमन्त्रीले स्मरण गराइन्, राज्य सरकारले सन्ताल विद्रोहका दुई नायकहरूको सम्मानमा जंगलमहलका एउटा विश्वविद्यालय बनाएको छ।

वास्तवमा राज्य सरकारद्वारा यो दिवस हरेक वर्ष राज्यका विभिन्न भागहरू, आदिवासी बहुल क्षेत्रहरूमा बड़ो धुमधामसितले मनाइन्छ। यसरी नै विभिन्न आदिवासी बहुल जिल्लाहरूमा पनि यो दिन अलग-अलग ढंगले मनाइँदैछ। हालैमा सम्पन्न लोकसभा चुनाउमा जंगलमहलका आदिवासी मानिसहरूले खुल्ला हृदयले तृणमूल कंग्रेसलाई भोट दिए। त्यसैले बंगालकी मुख्यमन्त्रीको शुभकामना सन्देशलाई राजनीतिक जगतमा अत्यन्त महत्वपूर्ण मानिँदैछ।

उल्लेखनीय छ, 30 जून, 1855- मा भएको सन्ताल विद्रोहले ब्रिटिश शासनको आधारलाई नै हल्लाइदिएको थियो। विद्रोहीहरूलाई पाठ सिकाउनको लागि अंग्रेजहरूले क्रूरताको सबै सीमा पार गरेको थियो। चाँद र भैरवको अंग्रेजहरूले हत्या गरेका थिए। त्यसपछि सिद्धो र कान्होलाई भोगनाडीहमै रूखमा झुण्डाएर 26 जुलाई, 1855- फाँसी दिइयो। सन्थालका यी शहीदहरूको स्मरणमा प्रत्येक वर्ष 30 जूनमा हूल दिवस पालन गरिन्छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande