तीनधारे चियाबारीका विभिन्न स्थानहरूमा पैह्रो, तीनधारेबाट सिविटार जाने बाटो पैह्रोले बन्द
तीनधारे चियाबारीका विभिन्न स्थानहरूमा पैह्रो, तीनधारेबाट सिविटार जाने बाटो पैह्रोले बन्द


खरसाङ, 02 जुलाई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत तीनधारे चियाबारीका विभिन्न क्षेत्रहरूमा पैह्रो गएको छ। पैह्रोले तीनधारे चियाबारीको कारखाना जाने रोडमा भेल आएर रोड वाधित बनेको छ। तीनधारे चियाबारीको कारखाना पुग्ने रोडमा विभिन्न स्थानहरूमा पैह्रो गएको बताइएको छ।

त्यसरी नै तीनधारे चियाबारीको बन्दुके गाउँमा पैह्रो गएर सड़कको आधा भाग चुडिएको छ भने एउटा घर पैह्रोको चपेटमा परेको छ। त्यसरी नै तीनधारेबाट सिविटार जाने प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत तीनधारे चियाबारीको बन्दुके गाउँमा पैह्रो गएर सड़क नै पूर्ण रूपमा वाधित बनेको छ।

घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य दिपेन्द्र तामाङ र खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष साजन दर्जीले आज तीनधारे चियाबारीका विभिन्न स्थानहरूमा गएको पैह्रोको निरीक्षण गरेका छन्। उनीहरूको पहलमा पैह्रोले प्रभावित सड़क र बन्दुके गाउँमा तारपोलिनहरू लगाउने कार्य सम्पन्न गरिएको छ। त्यसरी नै खरसाङ खण्ड पञ्चायत समितिका सदस्य कुसाङ लामाले तीनधारेदेखि सिविटार जाने सड़कको निरीक्षण गरे।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande