विदेशी-देशी मदिरासितै दुई तस्कर पक्राउ
विदेशी-देशी मदिरासितै दुई तस्कर पक्राउ


नवादा, 30 जून (हि.स.)। उत्पाद अधीक्षक अरूण कुमार मिश्राको निर्देशमा उत्पाद एसआई पिन्टु कुमारले आइतवार रजौली थाना क्षेत्रको फरका बुजुर्ग पंचायतको हाथोचक गाउँबाट होण्डा बाइकमा लादिएको 85 लीटर महुआको मदिरासितै एक तस्करलाई पक्राउ गरेको छ।

उत्पाद अधीक्षकले बताए, मदिरा बिक्री गरिरहेको सूचना लगातार प्राप्त भइरहेको थियो। सूचनाको आदारमा एउटा टीम गठन गरी छापामारी अभियान संचालन गरियो। अभियानको क्रममा मोहकामा गाउँ निवासी अर्जुन यादव, पुत्र नितीश कुमारलाई महुआको रक्सीसितै पक्राउ गरिएको छ। साथै एउटा बाइकलाई पनि जफ्त गरिएको छ।

यसरी नै बिहार-झारखण्ड सीमामा अवस्थित समेकित जाँच चौकीमा उत्पाद एसआई पिन्टु कुमारले आइतवार नै वाहन जाँच अवधि 6 बोतल विदेशी मदिरासितै एक तस्करलाई पक्राउ गरेका छन्। पक्रा पर्ने तस्करबाट 750 एमएलको रोयल स्ट्यागको 6 बोतल जफत गरिएको छ। तस्करको पहिचान नवादा जिल्लाको शाहपुर निवासी जनार्दन प्रसादका पुत्र श्रण कुमारको रूपमा गरिएको छ।

उत्पाद अधीक्षकले बताए, विभिन्न बसहरूको माध्यमबाट रक्सी खाएर यात्रा गरिरहेका दशजना मानिसहरूलाई ब्रेथ एनेलाइजर मसिनले जाँच गरी उत्पाद अधिनियम अन्तर्गत प्राथमिकी दर्ता गरी न्यायिक हिरासतमा जेलमा पठाइएको छ। यो। जाँच अवधि उत्पाद एसआइ सनी कुमार औ एएसआई पंचमलाल धीरज,बिशु हेंब्रम सहित अन्य जवानहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande