प्री सुब्रतो मुखर्जी इन्टर स्कूल फुटबल टुर्नामेन्टको फाइनल सम्पन्न
प्री सुब्रतो मुखर्जी इन्टर स्कूल फुटबल टुर्नामेन्टको फाइनल सम्पन्न


पाकिम, 02 जुलाई (हि.स.)। पाकिमको सन्त जेभियर्स स्कूलको खेलमैदानमा आज प्री सुब्रतो मुखर्जी इन्टर स्कूल फुटबल टुर्नामेन्टको फाइनल सम्पन्न गरियो। खेल एवं युवा मामिला विभागले आयोजना गरेको प्रतियोगितामा शिक्षा विभागका संयुक्त निदेशक बीपी शर्मा, डीएफओ सोनोम पिन्चो भोटिया र पिक्लबल एसोसिएशन अफ् सिक्किमका सचिव हेमन्तजङ गुरूङ मुख्य अतिथि थिए।

पहिलो खेल अन्डर 15 बोइज वर्ग अन्तर्गत टिकालाल निरौला उच्चतर माध्यमिक विद्यालय र सन्त जेभियर्स स्कूलबीच खेलिएको थियो, जसमा टिकालाल निरौंला स्कूल विजायी बन्यो। दोस्रो खेल अन्डर 17 बोइज वर्ग अन्तर्गत टिकालाल निरौला उच्चतर माध्यमिक विद्यालय र सुमिन माध्यमिक विद्यालयबीच सम्पन्न भयो, जसमा टिकालाल निरौला विद्यालय विजयी बन्यो।

पाकिम जिल्लाबाट राज्यस्तरीय अन्तर जिल्ला प्रतियोगिताको निम्ति छनौट हुने विद्यालयहरूमा टिकालाल निरौला उच्चतर माध्यमिक विद्यालय (अन्डर 17 बोइज), टिकालाल निरौला उच्चतर माध्यमिक विद्यालय (अन्डर 15 बोइज) र छुजाचेन उच्चतर माध्यमिक विद्यालय (अन्डर 17 गर्ल्स) रहेका छन्। राज्यस्तरीय प्रतियोगिताका विजेता दलहरूले नयॉं दिल्ली र बेङलुरुमा आयोजन हुने सुब्रोतो कपमा राज्यलाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande