धिरज सुबेदीले सोरेङ जिल्लाको जिल्लापालको पदभार ग्रहण गरे
धिरज सुबेदीले सोरेङ जिल्लाको जिल्लापालको पदभार ग्रहण गरे


सोरेङ, 02 जुलाई (हि.स.)। धिरज सुबेदी, एससीएसले सोरेङ जिल्लाको जिल्लापालको रूपमा आफ्नो पदभार ग्रहण गरेका छन्। यस अघि उनी सोरेङ जिल्लाको अतिरिक्त जिल्लापालको रूपमा कार्यरत थिए। उनले निवर्तमान जिल्लापाल वाईडी योङ्गदाबाट जिल्लापालको पदभार ग्रहण गरेका छन्।

यसरी नै डीआर बिष्ट, एससीएसले सोरेङ जिल्लाको अतिरिकत जिल्लापालको पदभार ग्रहण गरेका छन्। यस अघि सोरेङ जिल्लाको महकुमा अधिकारीको रूपमा कार्यरत बिष्टले नवनियुक्त जिल्लापाल (पहिला एडीसी) धिरज सुबेदी बाट पदभार ग्रहण गरेका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande