आभूषण पसलमा चोरी
आभूषण पसलमा चोरी


हुगली, 30 जून (हि.स.)। बितेका केही दिनदेखिको राज्यका विभिन्न भागहरूमा चोरी- डकेतीका घटनाहरू घट्दै आइरहेका छन्। यसरी नै हुगलीको चंडीतलास्थित आभूषण पसलमा ग्राहक भएर आएका दुईजना उपद्रवीहरूले सुनका गहनाहरू लुटे। घटना सीसीटीभी क्यामरामा कैद भएको छ। पुलिसले घटनाको जाँच शुरू गरिसकेको छ।

स्थानीय सूत्र अनुसार गत शनिवार राती चंडीतलाको बरताजपुरस्थित एक आभूषण पसलमा दुईजना युवकहरू आए। उनीहरू मादुली खरिद गर्न चाहन्थे। पसलेले मादुली देखाइरहेका थिए। त्यसबेला पसलमा ग्राहकहरूको भीड़ थिएन। त्यसको फाइदा उठाएर दुईमध्ये एकले पसलेलाई चाँदीको सिक्का देखाउने आग्रह गऱ्यो। त्यसपछि उसले एकपछि अर्को गहनाहरू हेर्न थाल्यो। अर्को व्यक्ति पसलको गेटमा गएर उभियो। आरोप छ, गहनाहरू हेर्नको लागि दराज खोलेपछि दुवै युवक अचानक सुनका औंठीहरू, हार आदि लिएर भागे। यी सबै घटना सीसीटीभी क्यामरामा कैद भएको छ।

पसल मालिक जाकिर हुसैनले बताए, म त्यसबेला पसलमा थिइनँ। मेरो छोरा (शेख जीशान) पसलमा एक्लै थियो। छोराले थाहा पाउनअघि नै उपद्रवीहरूले आफ्नो खल्तीमा सुनका चेन तथा औंठीहरू हाल्न थाले। दुवैले हिन्दी भाषामा कुरा गरिरहेका थिए। मलाई लाग्छ, तिनीहरू अन्य राज्यबाट आएका हुन्। यसअघि तिनीहरूलाई मैले कहिल्यै देखेको थिइनँ। उपद्रवीहरूले धम्की देखाएर पसलमा लुटपाट गऱ्यो.

चंडीतला थानामा मामिलाको सिकायत दर्ता गरिसकिएको छ। आइतवार पुलिसद्वारा बताइयो, सेसीटीभी फुटेज हेरेर आरोपीहरूको पहिचान गरिँदैछ। क्षेत्रमा पनि जाँचबुझ गरिँदैछ। आरोपीहरूलाई चाँड़ै पक्राउ गरिनेछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande