वर्षाको समय आपातकालीन सहयोगको लागि जीटीएको ऊर्जा विभागको सभा सम्पन्न
वर्षाको समय आपातकालीन सहयोगको लागि जीटीएको ऊर्जा विभागको सभा सम्पन्न


खरसाङ, 02 जुलाई (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा उर्जा विभागको भारप्राप्त सभासद योगेन्द्र प्रधानको अगुवाईमा तथा उर्जा विभागको एमओडी सभासद प्रणाम रसाइली, ईडी सोनाम लामाको उपस्थितिमा मिरिक, खरसाङ, गोरूबथान, कालेबुङ, दार्जीलिङ, बिजनबारी (छवटा) खण्डका उर्जा विभागका अभियन्ताहरुलाई लिएर एक सभा आयोजना गरिएको छ। सभाको मुख्य उद्देश्य हाल वर्षाको मौसमलाई मध्यनजर राखेर कुनै पनि आपातकालीन अवस्थामा सहयोगको निम्ति तत्पर रहनुबारे थियो।

सभामा विभागीय अधिकारहरूलाई हर समय तयार रहन निर्देशन दिइयो। हाल अविरल वर्षाका कारण विभिन्न स्थानमा क्षति भइरहेको समयमा जनसाधारणलाई कुनै प्रकारको अफ्ठ्यारो नहोस भनी हर सम्भव कोशिश गर्नुपर्ने निर्देशन दिइएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande