अवैध निर्माणमाथि मिरिक नगरपालिकाको बुल्डोजर
अवैध निर्माणमाथि मिरिक नगरपालिकाको बुल्डोजर


मिरिक, 28 जून (हि.स.)। अवैध निर्माणमाथि मिरिक नगरपालिकाद्वारा फेरि भत्काउने कार्य गरिएको छ। गत बुधवार अवैध निर्माणमाथि मिरिक नगरपालिकाले कदम चालेर भत्काउने कार्य गरेको थियो भने आज दोस्रो चरणमा पनि अवैध निर्माण विरूद्ध कार्वाही गर्दै भत्काउने कार्य गरेको छ।

आज दाेस्राे चरणकाे कार्वाहीमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईकाे उपस्थितिमा मिरिक नगरपालिका क्षेत्रका सरकारी जमीन मिचेर अवैध निर्माण गरिएकाे कृष्ण नगरकाे दुईवटा ट्याक्सी सेण्डीकेट अनि एउटा घर भत्काउने कार्य गरिएको छ। मिरिक नगरपालिका क्षेत्रमा अवैध निर्माणहरूलाई भत्काउने कार्य धारावाहिक रूपमा चल्ने नगरपालिका अध्यक्ष एलबी राईले बताएका छन्।

तिनले मिरिक नगरपालिकाले अवैध निर्माण हटाउनकाे लागि सात दिनअघि सूचना जारी गरेपछि सूचना पाएर पनि अवैध निर्माण नहटाइएका ठाँउहरूमा बुल्डाेजर चलाइएकाे बताएका छन्। उनले सरकारी जमीन मिच्नेहरू विरूद्ध मिरिक नगरपालिकाले कानुनी रूपमा कार्वाही पनि गर्ने बताए। कानुन अनुसार सबैलाई समान रूपमा कार्वाही गरिने उनले बताए।

उनले भने, धनी गरीब, ठूलाे सानाे, आफन्त हेरिने छैन। जसले सरकारी जमीन मिचेकाे छ, उनीहरू विरूद्ध कार्वाही गरिने छ। तिनले मिरिकमा अवैध निर्माण हटाउन अनि मिरिकलाई सुन्दर र व्यवस्थित बनाउन मिरिक नगरपालिकाले उक्त पहल शुरू गरेकाे जानकारी गराए। उनले अबउसाे मिरिक माेटर स्ट्याण्डदेखि फूलबारी मैदान वाहन लान पनि बुधवारदेखि निषेध गरेकाे बताए।

तिनले मिरिकलाई सफा राख्न नगरपालिकाले ठाेस कार्य गर्नेछ भन्दै विशेषगरी फल वा सब्जीवालाहरूलाई जतासुकै फाेहाेर नफालि दिने अनुराेध गरे। तिनले मिरिक पर्यटन केन्द्रमा अवैध रूपमा खुट्टी गाडेर पसल लगाउन नपाउने तर टेबल अथवा छाता लगाएर सफाईलाई ध्यानमा राखेर पसल लगाए कुनै आपत्ति नहुने बताए। तिनले भने, हामीले सबैलाई समय दिएका छाैं। अवैध निर्माण गर्नेहरूले नै भत्काएकाे असल हुनेछ। हामी समय दिने छाैं।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande