पूर्व लोकसभा सांसद स्वर्गीय पहलमान सुब्बा पञ्चतत्वमा विलिन
पूर्व लोकसभा सांसद स्वर्गीय पहलमान सुब्बा पञ्चतत्वमा विलिन


गान्तोक, 28 जून (हि.स.)। सिक्किमको पहिलो निर्वाचित लोकसभा सांसद स्वर्गीय पहलमान सुब्बा पञ्चतत्वमा विलिन भए। पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत टिम्बुरबुङस्थित स्वर्गीय सुब्बाको पुर्ख्यौली घरमा आज पूर्ण राजकीय सम्मानका साथ उनको अन्तिम संस्कार सम्पन्न गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्रीगण, विधायकगण लगायत वरिष्ठ अधिकारीहरू, आफन्तहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

मुख्यमन्त्री तामाङले स्वर्गीय सुब्बालाई श्रद्धाञ्जलि अर्पित गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे। उनले दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना पनि गरे। दाहसंस्कार स्थलमा दोस्रो आईआरबी बटालियनका जवानहरूले स्वर्गीय सुब्बालाई गार्ड अफ् अनर दिएको थियो।

उल्लेखनीय छ, पूर्व सांसद पहलमान सुब्बाको हिजो राजधानीको तादोङस्थित मणिपाल अस्पतालमा निधन भएको थियो। 90 वर्षीय सुब्बा गत केही दिनदेखि अस्पतालमा उपचाराधिन थिए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande