जयपुरदेखि अलवर फर्किँदा भाजपा कार्यकर्ता यासिन पहलवानको हत्या
जयपुरदेखि अलवर फर्किँदा भाजपा कार्यकर्ता यासिन पहलवानको हत्या


अलवर, 12 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ता

यासिन पहलवानको उपद्रवीहरूले कुटेरै हत्या गरिदिए। गए बिहीवार साँझ यासिन आफ्ना

दुई साथीहरूसित जयपुरदेखि अलवर फर्किरहेका थिए। यसै क्रममा अलवर-जयपुर रोडमा गाटा

बादरोल नजिक उपद्रवीहरूले अगाड़ि-पछाड़ि दुवैतिर वाहनहरू राखेर यासिनको वाहनलाई

रोके अनि वाहनबाट बाहिर निकालेर लौरो, मार्तोल आदिले प्रहार गरी उनलाई घाइते बनाइदिए।

त्यसपछि उपद्रवीहरू त्यहाँबाट भागे।

पुलिस अनुसार यासिन पहलवान आफ्ना साथी

अधिवक्ता जितेन्द्र शर्मा र पर्मेन्द् शर्मासित जयपुर कुनै कामले गएका थिए।

त्यहाँबाट फर्किने क्रममा गए बिहीवार साँझ विराटनगरबाटै उनको वाहनलाई

अगाड़ि-पछाड़िबाटबाट उपद्रवीहरूले पछ्याउँदै आइरहेका थिए। घाटा बांदरोल नजिक

सुनसान ठाउँमा आइपुगेपछि उपद्रवीहरूले उनको कारलाई अगाड़ि-पछाड़ि दुवैतिरबाट वाहन

राखेर घेरामा पारेर आक्रमण गरे। त्यसपछि उनीमाथि जाइलागे। उनका साथीहरूमाथि भने

हतियार तेर्साइयो। घटनापछि उपद्रवीहरूले त्यहाँबाट सुइँकुच्चा ठोके। टाउको र

खुट्टामा गम्भीर चोट लागेको कारणले उनको घटनास्थलमै धेरै रगत बगिसकेको थियो। साथीहरूले

अन्य मानिसहरूको सहयोगमा उनलाई अस्पतालमा भर्ती गराए जहाँ आज बिहान लगभग 8 बजे

उपचारको क्रममा पहलवानको मृत्यु भयो। अपरान्ह यो समाचार लेखुञ्जेलसम्म जयपुरको एस

एम एस अस्पतालमा पोस्टमर्टम प्रक्रिया चलिरहेको थियो। शवलाई अलवरमा ल्याएर

दफनाइनेछ।

जानकारी अनुसार पुरानो शत्रुताको कारणले यो

घटनालाई परिणाम दिइएको थियो। भाजपा कार्यकर्ता यासिन खान हँसमुख र मिलनसार स्वभावका

थिए। भाजपा नेताहरूसित पनि उनको गहिरो सम्बन्ध थियो। सामाजिक कार्यहरूमा पनि उनी

सदैव तत्पर रहन्थे। उनको मृत्युको समाचार फैलिनसाथ शहरमा शोकको लहर छाएको छ। सोशल

मीडियामा व्यापक मात्रामा मानिसहरूले हत्यारालाई तत्काल पक्राउ गर्ने माग गरिरहेका

छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल गुरुङ


 rajesh pande