
जयपुर, 11 फरवरी (हि.स.)। भ्रष्टाचार निरोधक ब्यूरो (एसीबी) ले भरतपुरमा राजकीय जनाना चिकित्सालय स्थित ब्लड स्टोरेज यूनिट (बीएसयू) मा कार्यरत ल्याब टेक्निसियन (प्लेसमेन्ट कर्मचारी) राम कुवारलाई 25 हजार रूपियाँको घूस लिँदै गर्दा पक्राउ गरेको छ।
एसीबीका महानिदेशक गोविन्द गुप्ताले भने, करौली चौकीमा अभियुक्तले भरतपुर राजकीय जनाना चिकित्सालय टली पुलर/वार्ड ब्वाईको रूपमा संविदामा नियुक्तिको बदलामा उजुरीकर्तालाई उत्पीड़न गरिरहेको र 30 हजार रूपियाँ घुस मागिरहेको उजुरी प्राप्त भएको थियो।
उजुरीको प्रमाणीकरणपछि कारबाही योजना बनाइएको थियो। उप महानिरीक्षक पुलिस डा. रामेश्वर सिंहको सुपरविजनमा पुलिस निरीक्षक जगदीश भारद्वाजको नेतृत्वमा योजना बनाएर कारबाही गरियो। अभियुक्तले उजुरीकर्तालाई अस्पतालमा बोलाएर 25 हजार रूपियाँ घुस लिएपछि टोलीले उलाई रंगेहात पक्राउ गऱ्यो।
एसीबीका पुलिस महानिरीक्षक राजेश सिंहको निर्देशनमा अभियुक्तसँग सोधपुछ भइरहेको छ। अभियुक्त विरुद्ध भ्रष्टाचार निवारण अधिनियम अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी