विदेशी छात्रसित कुटपिट मामिलामा पाँच विरूद्ध मामिला दर्ता
विदेशी छात्रसित कुटपिट मामिलामा पाँच विरूद्ध मामिला दर्ता


प्रय़ागराज, 11 फरवरी (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लाको करेली थानामा मंगलवार राति एक विदेशी विद्यार्थीसित कुटपिटको घटनामा विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरी आरोपीको खोजी भइरहेको छ। यो जानकारी नगरका पुलिस उपायुक्त मनीष कुमार शाण्डिल्यले दिए।

उनले चीन निवासी विद्यार्थी शाउ पिङ चाउलाई जीटीवी नगर करेलीका केही व्यक्तिहरूले अपहरण गरी कुटपिट गरेको बताए। यस सम्बन्धमा पीड़ित विद्यार्थीको उजुरीमा दुई नामजद र तीन अज्ञात विरूद्ध मुद्दा दर्ता गरिएको छ। पुलिस टोलीले अभियुक्तको खोजीमा सम्भावित स्थानमा छापा मारिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande