धोतरिया बालासन गन्ति लाइनदेखि जुम्ला गाउँसम्म सड़क निर्माणको लागि शिलान्यास
Road foundation


सोनादा, 11 फरवरी (हि.स.)। गोर्खाल्याण्ड क्षेत्राय प्रशासन (जीटीए) र पश्चिम बंगाल राज्य ग्रामीण विभागको तर्फबाट रङ्गबुल धोतरिया रङ्गमुक समष्टिको धोतरिया बालासन गन्ति लाइनदेखि जुम्ला गाउँसम्म गाड़ी कुद्ने सड़क निर्माणको लागि आज शिलान्यास कार्य सम्पन्न गरिएको छ‌। जीटीएका डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेश चौहानले यस सड़क निर्माणको लागि शिलान्यास गरे।

शिलान्यास कार्यक्रममा दार्जिलिङ जिल्ला स्कूल बोर्डका पूर्व चेयरम्यान बिजयकुमार राई, पञ्चायत समिति सदस्य जीवन प्रधान, धोतरिया कलेजभेल्ली ग्राम पञ्चायतका पञ्चायत प्रधान अनिता तामाङ राई, पञ्चायत सदस्यहरु हिम्मत प्रधान र भिम राई तथा विभागीय अधिकारीहरुको उपस्थिति रहेको थियो।

यस क्षेत्रमा रोड निर्माण हुने भएपछि स्थानीयहरुले हर्ष व्यक्ति गर्दै अन्तत: जीटीए प्रमुख अनित थापाको नेतृत्व र क्षेत्रीय सभासद राजेस चौहानको पहलमा रोड बनिने भएको बताएका छन्। उनीहरूले गाउँवासीको सपना पूरा गरिदिएको भन्दै जीटीए प्रमुख र क्षेत्रीय सभासदलाई धन्यवाद पनि दिएका छन्।

यो सडक निर्माण कार्य पूरा भएपछि धोतरिया बालासन गन्ति लाइनदेखि जुम्ला गाउँसम्मको यातायात सुविधाजनक हुने विश्वास गरिएको छ। यसले स्थानीय बासिन्दाहरूको दैनिक आवतजावत, आपतकालीन सेवा तथा विकासका अन्य गतिविधिहरूमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रमलाई पूर्व चेयरम्यान बिजयकुमार राई र सभासद राजेस चौहानले सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande